काठमाडौंको गोठाटार ह*त्या प्रकरणमा भारतीय इन्टेलिजेन्स ब्युरोको चासो



काठमाडौं । काठमाडौंको गोठाटारमा ५८ वर्षीय लाल मोहम्मद (मोहम्मद दर्जी)को अनुसन्धानमा ह*त्यासम्बन्धी घ*टनाको भारतीय इन्टेलिजेन्स ब्युरो (आइबी)ले चासो देखाएको छ।

भारतीय नक्कली नोटको अनुसन्धान तथा आतं*कवादी समूहहरूको अनुसन्धानमा क्रियाशील आइबीले मोहम्मद ह*त्या प्रकरणको अनुसन्धानमा पनि चासो देखाएको नेपाल प्रहरीको उच्च स्रोतले जनाएको छ ।

हत्याका मुख्य योजनाकार भारतका बब्लु पासवान रहेको खुले पनि नेपाल प्रहरीले उनलाई प*क्राउ गर्न नसक्नुको प्रमुख कारण आइबीको चासो र भारतीय प्रहरीको असहयोग रहेको स्रोतको दाबी छ ।

बिहार रक्सौलका पासवान मोहम्मद ह*त्याका मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । तर भारतीय पक्षले पासवानलाई प*क्राउ गर्न मात्रै होइन, घ*टनाको थप अनुसन्धान अघि बढाउन पनि अवरोध गरिरहेको छ ।

मोहम्मद ह*त्या घ*टनाको अनुसन्धानमा आइबीले अनावश्यक चासो दिएपछि नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले अवरोध नगर्न आग्रह गरेको स्रोतले बतायो ।

यो समाचार नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २३ गते शुक्रवार