राष्ट्रपति नपाए पार्टी फुटाएर एमाले तिर जाने झलनाथ खनालको तयारी !



राष्ट्रपति नपाए पार्टी फुटाएर एमाले तिर जाने झलनाथ खनालको तयारी !

नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसमा आन्तरिक किचलो सुरु भएको छ । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा ३ प्रतिशतको थ्रेस होल्ड समेत कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न बाट बन्चित भएको सो पार्टीमा लफडा सुरु भएको छ ।

शेरबहादुर देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउन एमालेबाट फ्लोर क्रस गरि अन्तिममा देउवा सरकारले ल्याएको कमजोर अध्यादेशमा टेकेर पार्टी फुटाएका माधव नेपाल र झलनाथ खनालहरु पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसके पछि रन्थनिएका छन् ।

नेपाल र खनालहरुले एमाले विभाजन गर्ने काम गलत थियो भन्ने पुष्टि भएको छ । एमाले भन्दा ठूलो पार्टी बनेर देखाउछाँै भन्दै हिड्नेहरु अहिले तीन प्रतिशत थ्रेस होल्ड समेत कटाउन नसके पछि पिरोलिएका छन् । एस पार्टीको अस्तित्व रक्षाकै सवाल सबैभन्दा पेचिलो बन्ने देखिएको छ ।

पार्टी विभाजनकै बेला देखी एस पार्टी कहिल्यै शान्त रहन सकेन । एमसीसी देखी नागरिकता विद्ययेक सम्मका बिषयमा एस पार्टीमा एक मत हुन सकेन । पार्टी अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको दुई लाइन सघर्ष फेरी पनि एस पार्टीमा चर्किदै गएको छ ।

स्थानिय तहको निर्वाचनमा लज्जास्पद पराजय पछि नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव कुमार नेपालको नेतृत्व क्षमतामानै प्रश्न उठाएका थिए । त्यस बखत एमालेसँग मिल्नु पर्ने भन्दै क्याम्पेनिङ चलाएका खनाल गठबन्धनबाट राष्ट्रपतिको ललिपप पाए पछि व्याक भएको चर्चा राजनितिक वृतमा चल्ने गर्दछ ।

आफैँले चुनाव जित्नका लागी पनि गठबन्धनको विरोध गर्न नुहने भए पछि केहि समय चुपचाप बसेका खनालले विस्तारै खेलोमेलो सुरु गरेका छन् । इलाममा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग नमज्जाले पराजित भएका खनालले अहिले सम्म पनी हार स्विकार गरेका छैनन् ।

स्रोतको दाबी अनुसार गठबन्धनका शिर्ष नेताहरुका विचमा खनाललाई राष्ट्रपति बनाउने भनेर लिखित सहमती भइसकेको छ । अहिले उनी सो कुरा कार्यान्वयन हुनु पर्ने भन्दै दबाव बढाइरहेका छन् । राजनितिक घटनाक्रमले खनालले सहजै रुपमा राष्ट्रपति पाउने सम्भावना नदेखे पनि अब कस्तो कमद चाल्ने भनेर आन्तरिक परामर्श सुरु गरिसकेको खबर छ ।

राष्ट्रिय पार्टी समेत बन्न नसके पछि एस पार्टी भित्र अब माओवादी केन्द्रसँग एकिकरण गर्ने की एमालेमा मिसिने भन्ने बहस सुरु भएको छ । माधव कुमार नेपाल पक्षिय नेताहरुको जोड माओवादी केन्द्रसँग एकता गर्नु पर्ने भन्ने देखिएको छ भने मुकुन्द न्यौपाने लगायतका खनाल निकट नेताहरुले माओवादीमा जाने होइन बरु एमाले तिर फर्कनु पर्ने आवाज उठाइरहेका छन् ।

झलनाथ खनालले अहिले यसै नभने पनि राष्ट्रपति बनाए माओवादी केन्द्रमै मिसिन पनि तयार भएको तर भद्र सहमतीलाई कार्यान्वयन नगरी राष्ट्रपती नबनाएमा पार्टी विभाजन गरी एमालेमा समाहित हुने सम्मको योजना बनाएको खबर छ ।

खनालले आफुलाई गठबन्धनलेनै चुनाव हराएको समिक्षा गरेका छन् । सार्वजनिक रुपमै काग्रेसले धोका दिएर चुनाव हराएको भनिसकेका छन् । अब पनि काग्रेसको भरिया बनेर बस्न नहुने र जत्ति सक्दो छिटो पुरानो घर एमालेमै फर्कनु पर्ने दबाव निकटस्थहरुले खनाललाई बढाइरहेका छन् । OTV Nepal बाट

प्रकाशित मिति : २०७९ मङ्सिर २१ गते बुधवार