दाइजोको निहुँमा श्रीमतीलाई घरेलु हिंसा गरेको आरोप लागेका नेहाका पति डा. पंकजलाई ग्रान्डी अस्पतालले गर्यो बर्खास्त



दाइजोको निहुँमा श्रीमतीलाई घरेलु हिंसा गरेको आरोप लागेका नेहाका पति डा. पंकजलाई ग्रान्डी अस्पतालले गर्यो बर्खास्त

काठमाडौं –
डा.पंकज चौधरी कार्यरत हस्पिटलबाट निकालिएका छन् । उनलाई टोखास्थित ग्राण्डी अस्पतालले घरेलु हिंसा गरेको खबरसँगै सेवाबाट बर्खास्त गरेको हो । डा.चौधरीले नर्भिक अस्पतालमा नयाँ नियुक्ति लिने तयारी थिए तर उनको विरुद्ध समाचारआएसँगै नियुक्ति रोकिएको हो ।

श्रीमती नेहाले पंकजले आफुलाई घरेलु हिंसा गरेको दाइजो नदिएको निहुमा कटुपिट गरेको आरोप लगाउदै मिडियामा आएकी थिइन् । त्यसपछि यो विषयले चर्चा पाएको थियो । उनीहरुको लामो प्रेम सम्बन्धपछि गत फागुनमा विवाह भएको थियो ।

विवाह भएदेखि नै काठमाडौंमा घर दाइजो दिनुपर्ने भन्दै उनका श्रीमान र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेको नेहाले बताएकी थिइन् ।नेहाले जिल्ला अदालत महोत्तरीमा दुई मुद्दा दायर गरेकी छिन । घरेलु हिंसा र दाइजोविरुद्ध गरी दुई मुद्दा उनीविरुद्ध दर्ता भएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर २१ गते बुधवार