खुसीको खबर : अब कतारले पनि शून्य लागतमा नेपाली श्रमिक लैजाने



खुसीको खबर : अब कतारले पनि शून्य लागतमा नेपाली श्रमिक लैजाने

काठमाडौं : वैदेशिक रोजगारमा कतार जानेहरूको लागि केही हदसम्मको लागि भए पनि खुसीको खबर आएको छ ।

पछिल्लो समयमा मलेसियाबाट मात्रै होईन युएई र कतारबाट पनि वैदेशिक रोजगारिको लागि शून्य लागतमा मागहरु आउन थालेका छन् ।

शून्य लागतमा वैदेशिक रोजगारको लागि मागहरु आए संगै नेपाली युवाहरुको लागि वैदेशिक रोजगारमा जादा ठूलो रकम ऋण खोजेर जानू पर्ने र कमाएको पैसा ऋणमै जाने अवस्थाको केहिहदसम्म अन्त्य भएको छ ।

तर बिडम्बना के छ भने नेपाली दलाल र केही मेनपावरहरुले नै शून्य लागतमा आएको मागमा समेत चर्को दलाली रकम असुल्ने गरेका छन् ।

हालै नेपाली युवाहरुका लागि आएको मागपत्रहरु लगभग ५० प्रतिशत जति माग शून्य लागतमा आएका छन् । जसमा युएई र कतारका राम्रा कम्पनीका समेत रहेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर २१ गते बुधवार