
पूर्व विजेता स्पेनलाई घर पठाउदै मोरक्को पहिलोपटक क्वाटरफाईनलमा
काठमाडौं। स्पेनलाई पेनाल्टी शूटआउटमा हराउँदै मोरक्को विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ। कतारको एड्युकेशन सिटी रंगशालामा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा स्पेन पेनाल्टीमा ३–० ले पराजित भएको हो।
सन् २०१० को उपाधि विजेता स्पेन प्रतियोगिताबाट बाहिरिएको छ भने पहिलो पटक मोरक्को क्वाटरफाइनलमा पुगेको हो।दुवै टोलीको निरन्तर हमला र जवाफी हमलाले खेल प्रतिस्पर्धात्मक बनेको थियो।
निर्धारित समय र थप ३० मिनेटमा पनि खेल गोलरहित बराबरी भएपछि पेनाल्टीबाट नतिजा निकालिएको हो। मोरक्कोको लागि अब्देलहमिद साबिरी, हाकिम जियेच र अचराफ हाकिमी गोल गरे। मोरक्कोका बद्र बनौनेले पेनाल्टीमा चुके।
स्पेनको पाब्लो साराबिया, कार्लोस सोलर, सर्जियो बुस्केट्सपेनाल्टीमा चुके।
प्रकाशित मिति : २०७९ मङ्सिर २१ गते बुधवार