धन कमाउन रोमानिया गएका झापाका विकाशलाई साथीले निर्घात रुपमा कुटेपछि पुगे कोमामा, घटना सुनेपछि परिवार मुर्छित



धन कमाउन रोमानिया गएका झापाका विकाशलाई साथीले निर्घात रुपमा कुटेपछि पुगे कोमामा, घटना सुनेपछि परिवार मुर्छित

रोमानियामा एक नेपाली युवा कोमा मा उपचाररत छन्। वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका झापा भद्रपुरका विकाश तिम्सिना टिमिसोराआ हस्पिटलमा १८ दिनदेखि अचेत अवस्था उपचाररत रहेका छन् ।

कार्तिक ३० गते करिब राति १० बजेको समयमा विकाशलाई ६ देखि ७ जना नेपाली युवाहरूले बाटामा छेकेर निर्घात रूपमा कुटपिट गरेपछि गम्भीर घाइते बनेका थिए ।

चार दिनअघि मात्र विकाशसँगै त्यहाँ बस्दै आएका साथीले फोन गरेर यो घना सुनाउको विकासका बुवाले बताए । घटना सुन्ने बित्तिकै परिवार मुछिृत बनेको बताइएको छ । विकाशलाई नेपाली युवाहरू नै किन र के कारणले कुटपिट गरेको भनी उनको साथीले पनि घटना खुलाएर भन्न नसकेको बुवाले बताए ।

घरको जेठो छोरा विकास पढाइ पूरा गरी ६ महिनाअघि मात्र रोमानिया गएको थियो। अहिले छोराको स्वास्थ्य अवस्था कस्तो छ, कुन हालतमा छ। त्यहाँ गएर बुझ्ने हामीसँग सामर्थ्य पनि छैन उनले भने ।नेपाली करिब ७ लाख रूपैयाँ खर्चिएर होटेलमा पिज्जा बनाउने काममा उनी रोमानिया गएको परिवारको भनाइ छ।

प्रकाशित मिति : २०७९ मङ्सिर २० गते मङ्गलवार