
मनाङ प्रदेश सभा (ख) बाट निर्वाचित सासंद राजीव गुरूङ (दीपक मनाङे) ले आफूलाई मुख्यमन्त्री बनाएर काम नभएको बताएका छन्।
सोमबारमात्रै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले पत्रकार सम्मेलनमार्फत् आफूलाई मुख्यमन्त्री बनाएर पनि काम नभएको बताएका छन्।
उनलाई एक पत्रकारले मुख्यमन्त्री बन्नलाई पार्टी प्रवेश गर्नुभएको हो? भन्ने प्रश्न गरेका थिए।
त्यसको जवाफमा उनले भने, ‘अब हेर्नुस्, मुख्यमन्त्री दियो भने पनि मलाई काम छैन। त्यसको लागि अनुभव चाहिन्छ। त्यसको अनुभव मसँग छैन पनि।’
Esewanic
अबको मन्त्रिपरिषदमा उनको दाबी रहन्छ कि रहन्न भन्ने प्रश्न पनि सोधिएको थियो। त्यसमा अब भने आफू मन्त्री बन्ने/नबन्ने अध्यक्षको हातमा रहेको बताएका छन्।
मनाङे गण्डकी प्रदेश सभाका युवा तथा खेलकुद मन्त्री छन्। मंसिर ४ गते भएको चुनावमा उनले मनाङको प्रदेश सभा (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध भएका थिए।