कतार अमिर (राजा)लाई नेपालको भ्रमण गराउने तयारी..



कतार अमिर (राजा)लाई नेपालको भ्रमण गराउने तयारी..

दोहा :कतारका लागि राजदूत नरेश विक्रम ढकालले कतारका राष्ट्र प्रमुख तामिम बिन हामद अल थानीलाई नेपालको भ्रमण गराउने नेपाली तयारी गरेको बताएका छन्।

कतार र नेपालबीचको सम्बन्ध अझै सुदृढ बनाउन भ्रमणको तयारी गरिएको राजदूत ढकालले प्रवास खवरलाई जानकारी गराए ।सम्भवत: फिफा विश्वकपपछि भ्रमण हुन सक्ने उनको भनाइ छ । विगत ४५ वर्षदेखि नेपाल र कतारबीच दौतरी सम्बन्ध गाँसिएको थियो । यस्तै, विगत ३० वर्षदेखि नेपाली कामदार कतारमा काम गर्दै आएका छन् ।

तर, आजसम्म कतार राष्ट्र प्रमुखले भने नेपालको भ्रमण नगरेको उनले बताए। नेपाल सरकारको उच्च तहबाट कतारको भ्रमण भए पनि कतारको तर्फबाट भ्रमण नभएको उनको भनाइ छ त्यसैले दुई मुलुक देशबीचको सम्बन्धलाई अझ गाढा बनाउन भ्रमण आवश्यक रहेको उनले बताए।

त्यस्तै, कतारमा नेपालको पर्यटनको प्रचार-प्रसार गरिने उनले बताएका छन्। नेपालको सगरमाथा कतारको राजपरिवार सदस्यले नै आरोहण गरिसकेको छन् । त्यस्तै सगरमाथा आरोहण गरेको अन्य दुई कतारी नागरिकसँग पनि आफूले राजदूत ढकालले भेट गरेको बताए ।

कतारमा नेपालको पर्यटनको सम्भावना अधिक रहेको उनको दाबी छ । त्यसैले कतारमा नेपालको पर्यटनदूत नियुक्त गर्ने योजना रहेको समेत उनले जानकारी दिए ।

त्यस्तै, नेपालका शिक्षा, स्वास्थ्य, यातायात, आइटीको क्षेत्रमा कतारको सहयोगका लागि सम्बन्धित मन्त्रालयसँग छलफल गरेको राजदूत ढकालले बताए।

‘कतारको सम्बन्धित क्षेत्रका सम्बन्धित व्यक्तिहरुसँग भेटेरै छलफल गरेको छु। उहाँहरुलाई सहयोग लागि आग्रह गरेको छु। उहाँहरुबाट सकरात्मक उत्तर पाएको छु,’ उनले प्रवास खबरसँग भने। साभार : प्रवास खबर

प्रकाशित मिति : २०७९ मङ्सिर २० गते मङ्गलवार