साउदीमा थप व्यक्तिहरुको Exit Visa लाग्यो, यस्तो आयो दुताबासको सुचना (नामावली सहित )



साउदीमा थप व्यक्तिहरुको Exit Visa लाग्यो, यस्तो आयो दुताबासको सुचना (नामावली सहित )

साउदीमा रहेका ५४ जना नेपालीहरुको बहिर्गमन भिषा जारी भएको छ । आइतवार ५४ जना नेपालीले बहिर्गमन भिषा पाएको रियाद स्थित नेपाली दुतावासले जनाएको छ । दूतावासका अनुसार,साउदी अरेबियामा रहेका नेपालीहरुले बहिर्गमन भिसाका लागि निःशुल्क निवेदन दिन सक्ने छन् । स्वदेश फर्कन चाहेका तर अकमा नबनाइएका, तिन महिना भन्दा बढी समय देखि अकमा नवीकरण नभएका, हुरूब लागेका र कम्पनीबाट बहिर्गमन भिसा प्राप्त गर्न नसकी अलपत्र परेकाहरुले बहिर्गमन भिसाका लागि आवेदन दिन पाउने छन् ।

दुतावासको अनुसार एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ । यस बापत एक हलाला पनि कहिं कतै बुझाउनु पर्दैन । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ । एक्जिट भिसा लागेका व्यक्तिहरुलाई मोवाइलमा म्यासेज आउने र म्यासेज नआएको भए दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानु दुताबासले अनुरोध गरेको छ ।

एक्जिट भिसा लागेको म्यासेज मोवाइलमा आएसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुने र एक्जिट पेपर लिनको लागि राजदूतावासमा आइरहनु नपर्ने दुतावासको भनाई छ । यसैगरी इकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ् दूतावासबाट गर्न नमिल्ने र कामदार माथि कुनै केस छ भने वा फाइन/जरिवाना छ भने पनि- केस वा फाइन/जरिवाना क्लियर नभएसम्म एक्जिट भिसा नलाग्ने दुतावासले जनाएको छ ।

दुतावास द्द्वारा जारी सुचनामा भनिएको छ, “राजदूतावासले आफैं एक्जिट भिसा दिने होइन । राजदूतावासले एक्जिट भिसाको लागि प्रोसेस मात्रै गरिदिने हो । एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन (जवाजत) अफिससँग हुन्छ । तसर्थ, राजदूतावासमा आएर फाराम भरेपछि एक्जिट भिसा लागि हाल्छ भन्ने कुनै ग्यारेन्टी हुंदैन ।”

दुतावास अगाडी लेख्छ, “जुन ठाउँबाट आफ्नो इकामा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयबाट मात्रै एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको छ । तसर्थ, एक्जिट भिसाको लागि राजदूतावासमा आउनु भन्दाअघि अनिवार्य रूपमा आफ्नो इकामा कहाँबाट बनेको हो यकिन गर्नुहोला । रियादबाट इकामा बनेकाहरू मात्रै एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउनुहोला । रियाद भन्दा बाहिरबाट इकामा बनेकाहरूले एक्जिट भिसा प्रोसेसिङका बारेमा फोनबाटै जानकारी लिनुहोला ।

दुतावासले एक्जिट भिसा प्रोसेसिङका लागि राजदूतावासका सम्बन्धित कर्मचारीलाई मोवाइल नं. ०५००० २१४०९ वा ०५४ ७०४ ५२७२ र नेपाली महावाणिज्यदूतावास जेद्दाका सम्बन्धित कर्मचारीलाई मोवाइल नं. ०५८ २८१ ७१८८ मा सम्पर्क गर्न आग्रह गरेको छ । यदि तपाई साउदीमा हुनुहुन्छ भने यो सूचनालाई अवश्य शे-यर गरि सबैलाई जानकारी गराउन सहयोग गरिदिनुहोला !

एक्जिट भिसा प्राप्त गरेका ५४ जनाको सुची

प्रकाशित मिति : २०७९ मङ्सिर २० गते मङ्गलवार