
अष्ट्रेलियामा गएकी २० बर्षीया नवलपुरकी युवतीको दुर्घटनामा निधन, परिवार शोकमा ।
अष्ट्रेलियामा अध्ययन भिषाका लागि गएकी एक युवतीको दुर्घटनामा परी निधन भएको छ । कावासोती १५ निवासी २० बर्षीया युवती रेश्मा श्रेष्ठको निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
उनको दुर्घटनामा परी कात्तिक २१ गते निधन भएको भए पनि मंसिर ४ गते मात्र नेपालमा शव आइपुगेको थियो ।उनी गत ४ महिना अघि मात्र अध्ययन भिषामा अष्ट्रेलिया गएकी थिइन ।
उनी लक्ष्मण श्रेष्ठकी छोरी हुन् भने लक्ष्मणका छोरी रेश्मा भन्दा कान्छा एउटा छोरा रहेको छ ।उनको निधनले परिवार शोकमा डुबेको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर २० गते मङ्गलवार