नारायणगढ–मुग्लिन सडकखण्डको पुलबाट ट्रक खस्दा एकजनाको मृत्यु



नारायणगढ–मुग्लिन सडकखण्डको पुलबाट ट्रक खस्दा एकजनाको मृत्यु

भरतपुर, २० मंसिर । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो ।

दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवाखोला बस्दै आएका सन्तबहादुर राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए ।

मृतकको आफन्त आइसकेपछि शव परीक्षण गर्न भरतपुर अस्पताल पठाइने उनले बताए । रासस

प्रकाशित मिति : २०७९ मङ्सिर २० गते मङ्गलवार