रविकाे पार्टीमा लफडा सुरु, जिल्ला सभापति बर्खास्त गर्न माग गर्दै २ सय ४० जनाले बुझाए हस्ताक्षर



रविकाे पार्टीमा लफडा सुरु, जिल्ला सभापति बर्खास्त गर्न माग गर्दै २ सय ४० जनाले बुझाए हस्ताक्षर

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई हटाउन माग गर्दै २ सय ४० जना सदस्यले पार्टी केन्द्रीय कार्यालयमा पत्राचार गरेका छन् ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउँदै जिल्ला सभापति न्यौपानेलाई बर्खास्त गर्न माग गर्दै केन्द्रमा पत्राचार गरिएको हो । स्रोतका अनुसार २ सय ४० जना पार्टी सदस्यले न्यौपानेलाई बर्खास्त गर्न माग गरेर पार्टीको केन्द्रीय कार्यालयमा इमेल गरेका छन् ।

न्यौपानेले समानुपातिक उम्मेदवारलाई विपक्षी दलका उम्मेदवारको घरमै लगेर भेटघाट गराएको आरोप छ । यता न्याैपानेले भने आफूमाथि गुटबन्दी भएकाे प्रतिक्रिया दिएका छन् ।

पार्टीले राष्ट्रिय दलकाे हैसियत पाएसँगै जिल्लामा आफूलाई हटाउन चलखेल सुरु भएकाे उनले दाबी गरे । विपक्ष दलका उम्मेदवार भेटेकाे विषयमा उनले पार्टीको निर्वाचनमा खेलिने कुटनीतिअनुसार भेट गरेकाे बताए ।

प्रकाशित मिति : २०७९ मङ्सिर १८ गते आइतवार