संसदमा ज्ञानेन्द्र शाहीको पहिलो प्रवेश, एमसीसी विरुद्ध चर्को आवाज, कानुन बनाएर भ्रष्ट्राचारीलाई जेल



संसदमा ज्ञानेन्द्र शाहीको पहिलो प्रवेश, एमसीसी विरुद्ध चर्को आवाज, कानुन बनाएर भ्रष्ट्राचारीलाई जेल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध चर्चोको रुपमा विरोधमा आवाज उठाउने बताएका छन् ।

शनिबार काठमाडौं आएका शाहीले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमसीसी र वाइडबडी खरिदजस्ता ठूला भ्रष्टाचार काण्डको विरोध गर्ने बताएका हुन ।

आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर भएपनि ठूला भ्रष्ट्राचार काण्डहरुलाई जेल हाल्ने समेत उनले ठोकुवा गरे ।

प्रकाशित मिति : २०७९ मङ्सिर १८ गते आइतवार