
ललितपुर । ललितपुर जिल्लाव्यापी प्रथम आमन्त्रित तेक्वान्दो जुनियर पुम्से प्रतियोगिता हुने भएको छ । मंसिर २४ गते शनिबार चुनिदेवी तेक्वाण्डो डोजाङ्गको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा ललितपुर,भक्तपुर, काठमाडौं र चितवनका विभिन्न क्लबका ३०० भन्दा बढी खेलाडी सभागी हुने चुनिदेवी तेक्वाण्डो डोजाङ्गका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक शिवहरी बुढाथोकीले जानकारी दिए ।
स्वाथ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताले खेलाडीहरुमा आत्मविश्वास र सहकार्यको भावना बढ्ने प्रशिक्षक बुढाथोकीको तर्क छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर १८ गते आइतवार