आज कतारी रियल ३५.६५,मलेसियन रिंगेट २९.५७ पुग्यो अरु देशको कति पुग्यो हेर्नुहोस



अमेरिकी डलरको भाउ बिहीबारयता लगातार दुई दिन घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार १ अमेरिकी डलरको खरिददर १२९ रूपैयाँ ६५ पैसा छ भने बिक्रीदर १३० रूपैयाँ २५ पैसा छ।

बिहीबार ४८ पैसाले घटेको डलर शुक्रबार ३३ पैसाले घटेको हो। बिहीबार प्रतिडलर खरिददर १२९ रूपैयाँ ९८ पैसा थियो भने बिक्रीदर १३० रूपैयाँ ५८ पैसा थियो। बुधवार १ अमेरिकी डलरको खरिददर १३० रूपैयाँ ४६ पैसा थियो भने विक्रीदर १३१ रूपैयाँ ०६ पैसा थियो।

डलरको भाउ घटे पनि आज युरो र पाउण्ड स्टर्लिङको मूल्य भने बढेको छ। राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज युरोको भाउ ५४ पैसाले र पाउन्ड स्टर्लिङको भाउ १ रूपैयाँ ३२ पैसाले बढेको हो ।

आज १ युरोको विक्रीदर १३५ रूपैयाँ ९८ पैसा हुँदा बिहीवार यसको भाउ १३५ रूपैयाँ ४४ पैसा थियो । यस्तै, आज १ पाउन्ड स्टर्लिङको विक्री दर १५८ रूपैयाँ २१ पैसा छ । बिहीवार यसको विक्री दर १५६ रूपैयाँ ८९ पैसा थियो।

यस्तै अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ। बिहिबार १ डलरको बिक्रिदर ८७ रूपैयाँ ४२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८३ पैसा थियो भने आज खरिद दर ८८ रूपैयाँ २७ पैसा र बिक्रीदर ८८ रूपैयाँ ६७ पैसा कायम भएको छ।

हेर्नुहोस् कति छ आजको विनिमयदर

प्रकाशित मिति : २०७९ मङ्सिर १६ गते शुक्रवार