
काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न उनको निवास बालकोट पुगेका छन् । काठमाडौं-१ बाट प्रतिनिसभा सदस्यमा निर्वाचित सिंह आइतबार साँझ ५ बजे बालकोट पुगेका हुन् ।
भेटमा ओलीले प्रकाशमान सिंहलाई बधाई दिएको उनका प्रेस संयोजक यूपी लामिछानेले बताए । उनीहरूबीच के-कस्तो कुराकानी भए खुलेको छैन।
प्रकाशित मिति : २०७९ मङ्सिर ११ गते आइतवार