समानुपातिकमा एमालेले २१ लाख मत कटाउँदा, अरु दलले कति ल्याए?



काठमाडौं । प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिक तर्फ नेकपा एमालेले २१ लाख मत कटाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको साँझ ६:२५ बजेसम्मको मतपरिणाम अनुसार एमालेले २१ लाख ४८ हजार ५०७ मत ल्याएको छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले २० लाख ६४ हजार १४१ मत पाएको छ। नेकपा माओवादी केन्द्रले ९ लाख ९ हजार ७०५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ८१ हजार ०४५ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ६४ हजार ४२९ मत पाउँदा जनता समाजवादी पार्टीले २ लाख ५० हजार ५३६ मत पाएको छ । नेकपा एकीकृत समाजवादीले १ लाख ९७ हजार ४१८ मत पाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १० गते शनिवार