विश्वकपमा यसकारण मास्क लगाएर खेलिरहेका छन् सन



काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा दक्षिण कोरियाले पहिलो खेलमा उरुग्वेविरुद्ध खेलिरहेको छ । यी दुई टोलीबीचको खेल एजुकेसन सिटी स्टेडियममा भइरहेको छ । खेलमा आज दक्षिण कोरिया टिमका कप्तान ह्युङ–मिन सन कालो मास्क लगाएर खेलिरहेका छन् ।

टोटेनह्यामका यी स्टारले फेसनका लागि नभएर अनुहारमा लाग्नसक्ने चोटबाट जोगिन मास्कको प्रयोग गरेका हुन् । मास्क अनुहारको हड्डीलाई प्रभावबाट जोगाउन डिजाइन गरिएको छ । र, यसले थप चोटपटकको जोखिमलाई कम गर्छ । नोभेम्बरको सुरुमा मार्सेलीविरुद्धको च्याम्पियन्स लिगको भिडन्तमा टोटेनहमका लागि खेल्दा सनलाई चोट लागेको थियो ।

चान्सेल एम्बेम्बासँग टक्कर हुँदा उनको आँखामा चोट लागेको थियो । आँखाको चोटलाई पूर्णरूपमा निको बनाउन उनले शल्यक्रिया गर्नुपर्‍यो । यसले गर्दा सन दक्षिण कोरियाको विश्वकप टोलीमा नपर्ने सम्भावना थियो । त्यसका बाबजुत पनि दक्षिण एसियाकै यी स्टारलाई विश्वकपमा देख्न पाइएको छ ।

फुटबलमा अनुहारको मास्क सामान्य नदेखिए पनि धेरै हाई प्रोफाइल खेलाडीहरूले खेल्दा त्यसलाई लगाउने गरेका छन् । उदाहरणका लागि एन्टोनियो रुडिगर । उनले युरो २०२० मा जर्मनीका लागि खेल्दा मास्क लगाएका थिए ।

विश्वकपमा जन्मदेशविरुद्ध गोल गरेपछि भावुक भए ब्रेल, गरेनन् ‘सेलिब्रेसन’

विश्वकप फुटबलमा स्विटजरल्याण्डले विजयी सुरुवात गरेको छ । ग्रुप ‘जी’ अन्तर्गत भएको बिहीबारको पहिलो खेलमा क्यामरुनलाई १–० गोल अन्तरले हराउँदै स्विटजरल्याण्डले विजयी सुरुवात गरेको हो ।

अल जनुब स्टेडियममा भएको खेलमा स्विटजरल्याण्डको जितमा क्यामरुनी मूलका ब्रेल एम्बोलोले गोल गरे । उनले खेलको ४८ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । ब्रेलको जन्म १४ फेब्रुअरी १९९७ मा क्यामरुनमा भएको थियो । उनका बुबा अहिले पनि क्यामरुनमै बस्छन् ।

क्यामरुनविरुद्ध गोल गर्दा ब्रेल भावुक देखिए । उनले शान्त रहँदै सेलिब्रेसन पनि गरेनन् । यो जितसँगै स्विटजरल्याण्डले तीन अंक जोडेको छ । क्यामरुनले भने प्रतियोगितामा हारबाट सुरुवात गरेको छ । समूह ‘जी’ मा क्यामरुन र स्विटजरल्याण्डसहित ब्राजिल र सर्बिया पनि छन् । यही समूहमा आज राति ब्राजिल र सर्बिया खेल्दैछन् । यी दुई टोलीबीचको खेल राति १२ः४५ देखि सुरु हुनेछ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ९ गते शुक्रवार