काभ्रे-२ मा गोकुल बाँस्कोटाको मत कति? यस्तो छ पछिल्लो अपडेट



काभ्रे । काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईले अग्रता कायमै राखेका छन्।

उनले १३ हजार १२० मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले मतान्तर घटाउँदै गएका छन्।

उनी १३ हजार २६ मतसहित दोस्रो स्थानमा छन्। उनीहरूबीच ९४ मतको अन्तर छ। यहाँ घण्टीका दिनेश हुमागाँईले ५,००४ मत पाएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार