रवि लामिछाने ३८ सय मतले अगाडि, कसले ल्याए कति?



चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ३८ सयभन्दा बढी मतले आफ्नो अग्रता कायम राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार लामिछानेले ९०७८ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ५१८२ मत ल्याएका छन्। लामिछाने र पोखरेलबीचको मतान्तर ३८९६ छ।

नेपाली कांग्रेसका उमेश श्रेष्ठ तेस्रो स्थानमा छन्। उनले ४९७८ मत ल्याएका छन्।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार