संस्कार, संस्कृती, सामाजिक मूल्य मान्यता र परम्परा समाप्त पार्ने खेल भयो- पूर्णिका शाह



काठमाडौँ । पूर्व राजकुमार पारस शाह र हिमानी शाहकी जेठी छोरी पूर्णिका शाहले विजयादशमीको अवसरमा शुभकामना दिँदै संस्कार, संस्कृति र मूल्य मान्यताको संरक्षण गर्ने जिम्मा अहिलेको पुस्तामा आएको बताएकी छिन । उनले धर्म संस्कृति मास्ने प्रयास भएको र यस्तो अवस्थामा संस्कृति जोगाउनेहरु एकजुट हुनुपर्ने धारणा राखेकी छिन । उनले लेखेकी छिन ‘आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदै छ भने संस्कार, संस्कृती, सामाजिक मुल्य मान्यता र परम्परालाइ यस सिद्ध भुमीबाट समाप्त पार्ने अथक प्रयास भइरहेको छ । अब समीक्षा र आत्ममूल्यांकनको घडी आएको छ । आफैँलाई साक्षी राखेर देश र देशवासीका पक्षमा केही गर्ने प्रण गरौँ।’

उनले फेसबुकमा यस्तो लेखेकी छिन
प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइ ! विजयादशमीको पावन अवसरमा हामी देशभित्र र देशबाहिर रहे–बसेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछौ । संस्कारमा परम्परा जोडिएको हुन्छ। संस्कार लामो समयको बानी र अनुभवमा आधारित हुन्छ।हाम्रा पुर्खाले आफ्नो जिवनयापनका क्रममा अपनाएका संस्कार,रितिथिती,संस्कृति र मुल्य मान्यताको संरक्षण गर्ने जिम्मा अहिले हाम्रो काधमा आइपरेको छ। हाम्रा संस्कृती संस्कार र परम्परालाई आफ्नो मार्गदर्शनका रुपामा अपनाइ आफ्नो जिवनलाइ सुखी र समृदी बनाउदै आफ्ना सन्ततिलाइ सुसंस्कार र सुसंस्कृति हस्तान्तरण गरि आफ्नो संस्कार र संस्कृतिको संरक्षण र संवर्धन गरिदै जाने विश्वास हामिले लिएका थियौ। सभ्यताको विकाशका नाममा आफ्ना संस्कार र संस्कृतिलाइ विर्सेर,प्रेमको शक्तिले शक्तिको प्रेमलाइ जित्नु पर्दछ भन्ने मुल मन्त्रलाइ भुलेर आफ्नो संस्कृति र संस्करलाइ कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा हामी आइपुगेका छौ। राष्ट्रको गौरव भनेको देशको सुसंस्कार र सुसंस्कृती हो। जुन राष्ट्रका जनताहरु आफ्नो संस्कृतिको आत्मागौरव र आफ्नो सभ्यतालाई आत्मासात गर्दैनन् , त्यो राष्ट्रलाई जीबित राष्ट्र मान्न सकिन्न भन्ने पुष्टि विद्यमान अवस्थाले देखाइरहेको छ ।आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदै छ भने संस्कार, सस्कृती, सामाजिक मुल्यमान्यता र परम्परालाइ यस सिद्ध भुमीबाट समाप्त पार्ने अथक प्रयास भइरहेको छ । अब समीक्षा र आत्ममूल्यांकनको घडी आएको छ । आफैँलाई साक्षी राखेर देश र देशवासीका पक्षमा केही गर्ने प्रण गरौँ। श्री नवदुर्गा भवानीले सबै नेपालीमा सत्प्रेरणा प्रदान गरून्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पुनर्जागरण होस्, यही हाम्रो कामना छ । आराध्यदेव पशुपतिनाथले सबैको कल्याण गरून् जय नेपाल

प्रकाशित मिति : २०७६ पुष २२ गते मङ्गलवार