नेपालको सान ‘गोल्ड स्टार’ अब कतारमा पनि, यस्तो छ मूल्य



नेपालको सान ‘गोल्ड स्टार’ अब कतारमा पनि, यस्तो छ मूल्य

काठमाण्डाै – स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार निवासी प्युठानका मधुसूदन केसीले कतारमा गोल्ड स्टारको आउटलेट तयार गर्नुभएको छ ।

स्वदेशी उत्पादनलाई विदेशमा पनि चिनाउनुपर्छ भन्ने उद्देश्यका साथ केसीले गोल्ड स्टारको आउटलेट कतारमा पुर्‍याएकाे बताउनुभयो । कतारमा प्रख्यात एसिया टाउनको प्लाजा मलमा गोल्ड स्टारको शाेरुम रहेको छ ।

शाेरुममा मात्र नभइ अनलाइन माध्यमबाट पनि गोल्ड स्टार फुटवेयरको बिक्री गरिने उहाँले बताउनुभयो । त्यस्तै कतारको बजारलाई मात्र लक्षित गर्दै ई–कमर्स साइट पनि छिट्टै सार्वजनिक गर्ने बताइएको छ ।

नेपालीहरूको बीचमा लोकप्रिय ब्रान्ड गोल्ड स्टार कतारको लागि नेपालबाट अभिमन्यू शर्मा र थमनकुमार भण्डारीले कन्सल्टिङको रूपमा काम गरिरहेको केसीले बताउनुभयो ।

गोल्ड स्टार मात्र नभइ देशका अन्य स्वदेशी उत्पादनलाई पनि कतारमा परिचित गराउने आफ्नो इच्छा रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २९ गते मङ्गलवार