आरनमा मानिस नपाएपछि रामलालले बनाए बिजुलीबाट चल्ने घन



आरनमा मानिस नपाएपछि रामलालले बनाए बिजुलीबाट चल्ने घन

तनहुँ / तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न बिजुलीबाट चल्ने स्वचालित घन बनाएका छन्।

फलामको हतियार गाल्न विश्वकर्माले २ वर्ष पहिले बिजुलीबाट चल्ने स्वचालित घन बनाएपछि उनको परिचय अहिले फेरिएको छ।
फलामलाई आकार दिन घन हान्न बलियो मानिस चाहिने

भएकाले विकल्पका रुपमा स्वचालित घन बनाएको उनले बताए। ‘फलाम गाल्न घन हान्नुपर्दा २ जना चाहिने भयो,’ आरनमा घरेलु औजार बनाउँदै गरेका रामलालले भने, ‘दिन रात उपाय खोजें र यो मेसिन बनाएँ।’

मेसिन बनाउन रामलालले मोटर, नट बोल्ट, चेन, पुल्ली, घिर्नी, फलामका पाता र काठको प्रयोग गरेका छन्। मेसिन बनाउन करिब ३० हजार रुपैयाँका सामान खरिद गरेको उनले बताए। युट्युब हेरेर बनाएको सो मेसिन तेस्रो पटकको प्रयासमा सफल भएको उनले जानकारी दिए।

प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार