नेपालीहरुको आर्थिक सामाजिक जिबन कष्टकर बन्दै गएको भन्दै सरकारलाई संबेदनसिल हुन कांग्रेस सहमहामन्त्री महतको आग्रह



mahat

काठमाडौं बैशाख १३ | नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डाक्टर प्रकाश शरण महतले बन्दाबन्दी कहाँ खुकुलो पार्ने कहाँ कडा गर्ने संक्रमणको यथार्थ मूल्याकंनका आधारमा सरकारले कार्ययोजना सर्बजनिक गर्नुपर्ने बताएका छन। सनिवार सामाजिक संजालना आफ्नो धारना सार्वजनिक गर्दै कांग्रेस सहमहामन्त्री महतले यस्तो बताएका हुन। कांग्रेस सहमहामन्त्री महतले दोश्रो चरणको बन्दाबन्दिको समय सकिदै गर्दा आम नेपाली नागरिकहरूको आर्थिक सामाजिक जिबन झन् झन् कष्टकर बन्दैछ गएको भन्दै सरकारलाई अब बन्दाबन्दिको निर्णय गर्दा यो कुरामा पनि ध्यान दिन सुझाव दिएका हुन। दोस्रो चरणको बन्दाबन्दिको समय बैशाख १५ गते सकिदै छ। सरकारले बन्दाबन्दी लम्ब्याउने कि के गर्ने भन्ने निर्णय लिन बाकी नै छ।

प्रकाशित मिति : २०७७ बैशाख १३ गते शनिवार