बागमतीका शिक्षकहरुले ६ लाख ५२ हजार रुपैयाँ काेराेना राेकथाम काेषलाई दिए !



ललितपुर | बागमती गाउँपालिकाका शिक्षकहरूले ३ दिनको तलब पालिकाकाे विपद् व्यवस्थापन काेषमा जम्मा गरेका छन। काेषमा पालिका भित्रका ४७ वटा विद्यालयका २३० जना शिक्षकहरुले आफ्नो ३ दिनको तलब जम्मा गरेका हुन । सबै शिक्षकहरुकाे तीन दिनको तलब जम्मा ६ लाख ५२ हजार रुपैयाँ काेषमा जम्मा भएको पालिकाका प्रेस संयाेजक दिपक घिमिरेले बागमती अनलाइनलाई जानकारी दिए । यसअघि पालिकाकाे सामाजिक विकास विभाग, शिक्षक महासंघ, नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनकाे संयुक्त बैठकले तीन दिनको तलब काेषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७७ बैशाख १२ गते शुक्रवार