बागमती गाउँपालिकाका शिक्षकहरुले तीन दिनको तलब काेराेना राेकथामका लागि सहयोग गर्ने !



ललितपुर | बागमती गाउँपालिका भित्रका शिक्षकहरुले तीन दिनको तलब कोरोना राेकथामका लागि बागमती गाउँपालिकाकाे विपद् व्यवस्थापन कोषलाई सहयोग गर्ने भएका छन । बुधबार बागमती गाउँपालिकामा सामाजिक विकास विभाग प्रमुख, शिक्षक महासंघ, नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनकाे संयुक्त बैठकले शिक्षकहरुकाे तीन दिनको तलब काेषमा जम्मा गर्ने निर्णय गरेको हाे ।

काेषमा गाउँपालिका भित्रका ४७ वटा विद्यालयका बालबिकास सहज कर्ता , कार्यालय सहयोगि र कर्मचारी बाहेका सबै शिक्षककाे तीन दिनको तलब गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको बागमती गाउँपालिकाका प्रेस संयोजक दिपक घिमिरे (समीर)ले बागमती अनलाइनलाई जानकारी दिए ।

प्रकाशित मिति : २०७७ बैशाख १० गते बुधवार