ज्ञानेन्द्र शाही पक्राउपछि बोले रवि लामिछाने, भनेः ‘धन्यवाद दिने हो, सजाय होइन’



काठमाडौंः सञ्चारकर्मी रवि लामिछानेले अभियान्ता ज्ञानेन्द्र शाहीले किन पक्राउ परेछन् भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमा बुधबार बिहान स्टाटस लेख्दै ज्ञानेन्द्र शाहीले के गरेछन् र पक्राउ परेछन भनेर बुझेको बताएका छन् । सो क्रममा शाहीले मानिसलाई खाना खुवाउने काम गरेका कारण पक्राउ गरिएको पाएको लामिछानेले उल्लेख गरेका छन् । उनले महामारीका बेला भोका लाई खाना खुवाउनेलाई धन्यवाद दिने हो, सजाय दिने होइन भन्दै स्टाटस लेखेका छन् । लामिाछानेले शाहीको रिहाईको माग गर्दै थानीय निकायसँग समन्वय गरेर राहत कार्यक्रम संचालन गर्न शाहीलाई आग्रह गरेका छन् ।

यस्तो छ उनले लेखेको स्टाटसः
ज्ञानेन्द्र शाहीले के गरेछन् र पक्राउ परेछन भनेर बुझ्दा जानकारी पाए कि उनले मानिसलाई खाना खुवाउने काम गरेछन् । सरकारले राहत बितरण गरेको होला तर त्यो प्रभावकारी भएको छैन। कतिपय स्थानीय प्रतिनिधिहरु आफ्ना कार्यकर्तालाई मात्र छानी छानी राहत बाडिरहेकापनि छन्।यस्तो अवस्थामा भोकै परेका नागरिकलाई खर्चको जोहो गरेर राहत दिनु धर्म हो। लकडाउनको उल्लंघन नहुने गरि स्थानीय प्रशासन सङ समन्वय गरेर,सक्नेले सहयोग गर्ने बेला नै यहि हो। अन्य अपराध गरेका भए बेग्लै कुरा तर महामारीका बेला भोका लाई खाना खुवाउने लाई धन्यवाद दिने हो,सजाय दिने होइन। बिकृतिको चाङमा उभिएको सरकारका बिरोधमा ज्ञानेन्द्रले अलि कडा बोले होलान्,तर भ्रस्टाचार गर्नेलाई समाउने कि भ्रस्टाचार विरुद्ध बोल्नेलाई समाउने?भोका जनतालाई खाना खुवाएकोमा धन्यवाद दिदै अब प्रशासनले ज्ञानेन्द्र शाहीलाई रिहा गरोस्।ज्ञानेन्द्र जी ले पनि स्थानीय निकायसँग समन्वय गरेर राहत कार्यक्रम संचालन गर्नु पर्छ।

प्रकाशित मिति : २०७७ बैशाख १० गते बुधवार