जनार्दन शर्माकाे प्रश्न- दुई तिहाई बहुमत आफैसँग हुँदाहुँदै अरू पार्टी फुटाउन किन आवश्यक भयो ?



काठमाडाैं, ९ वैशाख । सरकारले सहजै पार्टी फुटाउन मिल्नेगरी अध्यादेश अघि बढाएका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारको निर्णयले पार्टी फुटाउन खोजेको आशंका गर्नुभएकाे छ । सोमबार दिउँसो सरकारले अध्यादेश ल्याउने निर्णय गरेसँगै शर्माले यस्तो आशंका व्यक्त गर्नुभएकाे हाे । उहाँले ट्वीटरमा लेख्नु भएकाे छ- ‘दुई तिहाई बहुमत आफैसँग हुँदाहुँदै अरु पार्टी फुटाउन किन आवश्यक भयो? कतै…!’

प्रकाशित मिति : २०७७ बैशाख ९ गते मङ्गलवार