बागमती गाउँपालिकामा वैदेशिक राेजगारिबाट फर्किएका २१ जनाको स्वास्थ्य परिक्षण, सबैको रिपोर्ट नेगेटिभ



ललितपुर | बागमती गाउँपालिकामा वैदेशिक राेजगारबाट फर्किएका २१ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । वैदेशिक राेजगारिबाट फर्किएर सेल्फ क्वारेन्टाइनमा बसेका २१ जनाकाे स्वास्थ्य परिक्षण गरिएको हाे । ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डाक्टर खगेश्वर गेलाल नेतृत्वको टाेलिले २१ जनाको स्वास्थ्य परिक्षण गरेको हाे ।

वैदेशिक राेजगारिबाट फर्किएका गाउँपालिकाकाे विभिन्न वडाभित्रका २१ जनाको स्वास्थ्य परिक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको बागमती गाउँपालिकाका प्रेस संयोजक दिपक घिमिरे (समीर)ले जानकारी दिनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डाक्टर गेलालकाे नेतृत्वमा ल्याब प्रमुख टेक्निसियन उपेन्द्र अर्यालले गरेको आरडिटी परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हाे । स्वास्थ्य परिक्षण बागमती गाउँपालिका वडा नम्बर-३ मा अवस्थित भट्टेडाँडा स्वास्थ्य चाैकिमा गरिएकाे थियो ।

यसअघि समाचारमा बागमती गाउँपालिका हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएकाे छ । सम्पादक

प्रकाशित मिति : २०७७ बैशाख ८ गते सोमवार