बजार टोल ले जित्यो कावासोती १० मा भएको टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधि



बिहानी युवा कल्बले आयोजना गरेको टोल स्तरिय फुटबल खेलको फाइनल को उपाधी बजार टोलले हात पारेको छ ।

शान्ती टोल र बजार टोल फाइनलामा भिडेका थिए, बजार टोलका नवीन प्रजापतिले एक गोल गरेका थिए । तीन दिन सम्म चलेको टोल स्तरिय फुटबल प्रतियोगितामा कुल आठ टिम सहभागी भएको थियो ।

फुटबल प्रतियोगिताको समापन को दिन आज महिला घैटो फुटाइ कार्यक्रम राखिएको थियो । महिला घैटो फुटाइको उपाधी बसुन्धरा पङ्गेनिले हात पार्नुभएको थियो ।

त्यसैगरी फुटबल प्रतियोगितामा प्रतियोगिता भरी राम्रो खेल खेल्ने अधिस श्रेष्ठ , सबैभन्दा धेरै गोल गर्ने नवीन प्रजापति र बेस्ट किपर को रुपमा जीवन गुरुङलाई पुरुस्कार तथा सम्मान गरिएको थियो । बिहानी युवा कल्ब को आयोजना तथा वडा न १० को सह आयोजनामा सन्चालन भएको प्रतियोगितामा विभिन्न ब्याक्तिले सहयोग गरेका थिए ।

फुटबल प्रतियोगिताको प्रथमलाई मेडल सहित खसी उपहार प्रदान गरिएको थियो भने द्वितीय हुने समुहलाइ दुई वटा हास उपहार प्रदान गरिएको थियो । महिला घैटो फुटाइमा घैटो फुटाउने बसुन्धरा पङ्गेनी लाई एउटा् भाले हास प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७९ असोज १८ गते मङ्गलवार