काठमाडौं, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गर्न नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सुझाव दिनुभएकाे छ । साेमबार सांसद थापाले ट्वीटर मार्फत यस्तो सुझाव दिनुभएकाे हाे । उहाँले लेख्नु भएकाे छ- ‘हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक,मद्दत गर्ने स्थानीय सरकार,व्यथा बताउने पत्रकार,आदेश दिने अदालतलाई परिचालित देख्ने,अनि तिनको पक्षमा उठेका आवाज’कर्कश ध्वनि’ठान्ने हो भने @PM_Nepal ज्यू,आँखा र कान परीक्षण गराउन उपयुक्त होला!
प्रकाशित मिति : २०७७ बैशाख ८ गते सोमवार