मन्दिर जाँदै गरेकाहरू दुर्घटनामा परे – २ जनाको घटनास्थलमै मृत्यु , १७ जना घाइते



सल्यानमा शनिबार बिहान जीप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्।

जिल्लाको कुमाख गाउँपालिका वडा नं. ७ डुमकोटका ३९ वर्षीय मानबहादुर पुन र सोही ठाउँकी १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोस खनालले सेतोपाटीलाई जानकारी दिए।

घाइतेको १७ जनालाई उद्धार गरि जिल्ला अस्पताल खलंगातर्फ पठाइएको उनले जानकारी दिए। घाइते कसैको पनि परिचय खुलिनसकेको प्रहरीले बताएको छ। बिहान ६:४० बजेतिर जिल्लाको कुमाख गाउँपालिका वडा नं. ७ जिमालीस्थित भित्री सडकखण्डमा डुमकोटबाट शारदा नगरपालिका वडा नं. ११ स्थित

खैराबाङ मन्दिर जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप उकालोमा ब्याक गर्ने क्रममा सडकबाट झन्डै एक सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार