कांग्रेस नेता शाहको सुझाव “कोरोनाको आतंकलाई देश परिवर्तनको खाका कोर्ने अवसरको रूपमा प्रयोग गरौ”



काठमाडौं बैशाख ४ | नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले कोरोनाको आतंकलाई देश परिवर्तनको खाका कोर्ने अवसरको रुपमा लिनुपर्ने बताएका छन। उनले आज सामाजिक संजाल मार्फत आफ्ना धारना सार्वजनिक गर्दै यस्तो बताएका हुन। आफुले
पुर्बीय दर्शन,संस्कृत,नैतिक शिक्षा,आयुर्बेद,योग,मौलिक धर्म संस्कृति , कृषि,बन,पर्यटन र खनिज लगाएतका प्राकृतिक श्रोत साधनलाई आधार बनाएर नेपालको प्रमुख अर्थनीतिको खाका कोर्न लागेको पनि उल्लेख गरेका छन।

शाहले सामाजिक संजाल मार्फत गरेको अपिल यस्तो छ:

“कोरोनाको आतंकलाई देश परिवर्तनको खाका कोर्ने अवसरको रूपमा प्रयोग गरौ”

आफ्नो क्षेत्रको नेतृत्वमा स्थापित हुन चहाने सबै क्षेत्रका अग्रज तथा साथीहरू,यो देशबन्दीको कारण निष्क्रिय नबन्नुस। यो अत्यास लाग्दो समयलाई पनि समाजमा योगदान गर्न र आफूलाई नेतृत्वमा स्थापित गराउने प्रयत्न गर्नुस। त्यसका लागी आबस्यक योजना बनाउनु होस। कोठा भित्रैबाट सक्रिय हुनुस।

म पनि कोठा भित्रबाट त्यो प्रयास गरी रहेको छु – “ ‘ पुर्बीय दर्शन , संस्कृत , नैतिक शिक्षा,आयुर्बेद , योग , मौलिक धर्म संस्कृति , कृषि , बन, पर्यटन र खनिज लगाएतका प्राकृतिक श्रोत साधनलाई आधार बनाएर नेपालको प्रमुख अर्थनीतिको खाका कोर्नू पर्छ ।कोरोनाको आतंक पछि यो बिषय नेपालको प्रमुख बहसको मुद्दा हो भन्ने बिषयमा युवा अर्थशास्त्रीहरू, प्राध्यापक तथा बौद्धिक ब्यक्तित्वहरू संग सम्बादमा रहेको कुरा साथीहरूलाई जानकारी गराउछु “।

अनि नेपालको अर्थतन्त्र प्रति चिन्तित र जागरूक सबै अर्थबिज्ञ , बौद्धिक जगत , उधोगी / ब्यबसायी र संचार जगत तथा परिवर्तन कामी सम्पूर्ण युवा बर्गलाई यो बहसमा सहभागिताको लागी अपील गर्दै खुलेर आफ्ना सल्लाह सुझाव र धारणा ब्यकत गर्न निबेदन गर्द्छु।

प्रकाशित मिति : २०७७ बैशाख ४ गते बिहिवार