हिन्दूधर्मको सबैभन्दा पवित्र तीर्थस्थल कैलाश पर्वत



काठमाडौं । कैलाश पर्वतलाई भगवान शिवको निवास मानिन्छ । यो हिन्दूधर्मको सबैभन्दा पवित्र तीर्थस्थल पनि हो । कैला पर्वत एक रहस्यमयी पर्वत हो जसमा आजपनि धेरै राज जोडिएको छ ।कैलाश पर्वतलाई धर्तीको केन्द्र नि मान्ने गरिएको छ । मानसरोवर स्थित कैलाश पर्वतमा साक्षात भगवान शिव विराजमान छन् भन्ने हिन्दूहरुको मान्यता रहेको छ । त्यसैले पनि जीवनमा एकपटक कैलाश मान सरोवरमा जानैपर्ने हिन्दूहरुको धार्मिक मान्यता रहेको छ

कैलाश पर्वत समुद्री सतहदेखि २२ हजार ६८ फिट उचाईमा पर्छ । तथा हिमालयको उत्तरी क्षेत्र स्थित तिब्बतमा रहेको छ यो हिमाल । पोखरीले घेरिएको कैलाश पर्वत्को महत्व यसले झनै बढाएको छ । प्राचीन कालदेखि नै विभिन्न धर्मको लागि यसको विशेष महत्व रहेको छ । यस स्थानको बारेमा लेखिएका विभिन्न मत तथा लोक कथाहरुको कारण पनि यसको महत्व झनै बढेर गएको छ ।

चार धर्मको तीर्थस्थल
कैलाश मान सरोवर तिब्बती बौद्ध धर्म, अरु सबै देशले मान्ने बौद्ध धर्म, जैन धर्म र हिन्दू धर्मको महत्वपूर्ण तीर्थस्थल हो । तिब्बतीहरुको मान्यता रहेकोे छ कि यहाँ धेरै वर्ष पहिले एक सन्त कविले त्यहाँ गुफामा बसेर तपस्या गरेको थिए । बौद्ध भगवान बुद्ध तथा मणि पद्माको निवास मान्दछन् । जैनहरुको मान्यता आदिनाथ ऋषभदेव यो निर्माणस्थल अष्टपद मान्दछन् । उनीहरुको आनुसार ऋषभदेवले आठ पाईलामा कैलाशको यात्रा गरेका थिए ।

कैलाश क्षेत्र
यस क्षेत्रलाई स्वयम्भू भनिन्छ । वैज्ञानिक मान्यता त यो छ कि भारतीय उपमहाद्वीपको पहिलो समुद्र रहेको मानिन्छ । यसको रसियाको भूमिदेखि हिमालयको सुरुवात भएको थियो भन्ने छ । यो घटना १० करोड वर्ष पहिले घटेको थियो ।

भारत तथा चीनका नदीहरुको उद्भव स्थल
कैलाश पर्वतको चार दिशाबाट चारवटा नदीहरुको सुरुवात भएको छ । ती नदीहरुमा ब्रह्मपुत्र, सिन्धु, सतलज र कर्णाली । यही नदीहरुबाट नै गंगा, सरस्वती सहित चीनका अरु नदीहरु पनि यही पर्वतबाट सुरु हुन्छ | कैलाशको चारै दिशामा विभिन्न जनावरहरुको मुख जस्तो आकृति देखिन्छ । पूर्वमा अश्वमुख रहेको छ । पश्चिममा हात्तीको, उत्तरमा सिंहको र दक्षिणमा याकको आकृति देखिन्छ ।

मृत्युको यात्रा
स्वर्ग जस्तो यस स्थानमा सिर्फ योगी र ध्यानीहरुले मात्रै बसोबास गर्न सक्दछन् । जसलाई यस्तो वातावरणमा बस्ने आदत बसिसकेको छ । यहाँ चारैतर्फ कल्पना पनि नगरिएका पर्वतहरु रहेका छन् । अधिकांश पहाडको उचाई ३५०० मिटर भन्दा माथिका धेरै हिमालहरु त्यहाँ रहेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख ४ गते बिहिवार