हराएको ७ दिनपछि भेटिए ठेचाेका ८८ बर्षिय महर्जन



ललितपुर/ ३ बैशाख, यही चैत २६ गतेदेखि हराएका देव महर्जन बुधबार भेटिएका छन् । ८८ बर्षीय महर्जन आज बुधबार काठमाडौंकाे कपनमा भेटिएका हुन् । काेराेनाका कारण सरकारले देशभर लकडाउन गरेको १६ औं दिनबाट हराएका जेष्ठ नागरिक महर्जनलाई परिवारले आजै घरमा ल्याइसकेकाे छ। सातदिनदेखि हराएका महर्जनको खाेजीका लागि उनका छाेराबुहारीले टेलिभिजन, फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालमा सूचना प्रवाह गरेर खाेजी गर्ने कार्यलाई व्यापकता दिएका थिए।

प्रकाशित मिति : २०७७ बैशाख ३ गते बुधवार