पिकाेण्ट नेत्री अनिता केसी माथि सांघातिक हमला ! छानबिन गर्न पिकाेण्टकाे माग !



ललितपुर | प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ (पिकाेण्ट)ले ललितपुरकाे ढाेलाहिटी बस्ने पिकाेण्ट महिला विभाग प्रमुख अनिता केसी माथि भएको सांघातिक हमलाकाे भत्सर्ना गरेको छ । मंगलबार घरबाहिर निस्केको अवस्थामा अज्ञात समूहले केसी माथि धारिलो हतियार प्रयोग गरि सख्त घाइते बनाएको भन्दै पिकाेण्टले घटनाको छानबिन गरि सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । पाटन अस्पतालमा उपचारत सख्त घाइते केसीकाे स्वास्थ्य लाभको कामना गर्दै पिकाेण्टका अध्यक्ष केदार गिरीले घटनाको सत्य तथ्य बाहिर ल्याउन माग गरेका छन ।

प्रकाशित मिति : २०७७ बैशाख ३ गते बुधवार