साफ महिला च्याम्पियनसिप : भारतलाई पराजित गर्दै नेपाल फाइनलमा



काठमाडौं । साफ महिला च्याम्पियनसिपको समिफाइनलामा नेपालले भारतलाई पराजित गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारत १–० ले हराउँदै फाइनलमा पुगेको हो ।

खेलको पहिलो हाफको अन्त्यमा रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । त्यहिँ गोल नेपालका लागि जितका लागि निर्णायक बन्यो ।

प्रिति राईले दिएको पासमा रश्मीले गोल गरेकी थिइन् । पहिलो हाफको खेलमा भारतले नेपाललाई कडा चुनौती दिए पनि नेपालले त्यसको सामना गरेको थियो । अन्ततः खेलको पहिलो हाफमा भारत नेपालसामू चुक्यो । १–० मा सीमित भएर पहिलो हाफको खेल सकिएको थियो ।

खेलको दोस्रो हाफमा भने दुवै टिमले गोल गर्न सकेनन् ।

प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार