भगवान शिवको दर्शन गरि आजको राशिफल हेर्नुस् , आज वैशाख २ गते, मंगलबार



मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परोपकार तथा पुन्य काममा समय खर्चिनु नै आजको लागि राम्रो रहेकोछ । समाजमा आफ्नो बर्गको नतृत्व लिने अवसर आएपनि काम गर्न नसक्दा मान सम्मानमा कमि हुनेछ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो सफलता हात नलाग्ने अधिक सम्भावना रहेकोछ । तरपनि खानपान तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयको ख्याल नगर्दा वा साना तिना काममा अल्झेर बस्दा महत्वपुर्ण कामहरु थाति रहनेछन् । बाटो हिड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तब्यमा पुग्नु अगावै विभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ । वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउने तथा विजयको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जानेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा सन्तानबाट तपाईको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरि नाम तथा दाम कमाउन सकिनेछ । नया विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरि व्यवहारमा रुपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाईकै शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ । वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) घरायसी समस्या एक्कासी बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग टाढिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । कृषि तथा सहकारी व्यवसायमा भने मनग्गे आम्दानी हुने योग रहेकोछ । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तब्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकिहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ । उत्पादित उद्योगमाबाट घाटा लाग्नेछ । छोटो तथा रमाइलो यात्रा गरि सकारात्मक नतिजा हात लगाउन सकिनेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिँदै हुनुहुन्छ । कुटुम्ब, आफन्त तथा नजिकका मानिससँग भेट भइ पारिवारिक माहोलामा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भइ भावना साटासाट गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागि हुने ग्रहयोग रहेकोछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । तरपनि वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) हुन तथा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ ध्यान दिनुहोला । रुपैयाँ पैसा फस्ने योग रहेकोछ ख्याल गर्नुहोला । वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । विद्या तथा प्रतिस्पर्धामा पनि विजयी भइनेछ । इर्ष्या गर्नेहरू आफै किनारा लाग्नेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ। वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राविधिक शिक्षामा समय खर्चिनेहरुले राम्रो प्रगति गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरुको सम्पति प्रयोग गर्न पाइनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान गरिनेछ । तरपनि वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

प्रकाशित मिति : २०७७ बैशाख २ गते मङ्गलवार