वालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक जारी छ । आगामी निर्वाचनमा सिट बाँडफाँडको अन्तिम रुप दिनका शीर्ष नेताहरुको बैठक बसिरहेको हो ।

यसअघि सिट बाँडफाँडका लागि बनेको कार्यदलले पूर्णरुपमा निस्कर्ष दिन नसकेपछि आज शीर्ष नेताहरुको बैठक बसिरहेको हो । आजको बैठकले कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने र अन्तिम निष्कर्ष निकाल्ने तयारी छ ।

बैठकले सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार गर्नेसमेत जनाइएको छ । गठबन्धनमा धेरै कुराहरु सहमति भइसकेको र बाँकी केही कुराहरुमा सहमतिको प्रयास भइरहेको नेताहरुको दावी छ ।

प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार