
काठमाडौँ, २ वैशाख । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा रहेका तीन जनामा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएसँगै सो अपार्टमेन्टका सयौँ परिवार त्रासमा छन् । आशंका गरिएसँगै प्रहरीले सो क्षेत्रलाई सील गरेको छ । यस घटनापछि अपार्टमेन्टमा बस्दै आएका झण्डै ४०० पारिवार त्रासमा रहेका छन् । अपार्टमेन्टमा बस्ने एकै परिवारका ३ जना सदस्यमा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टको नतिजा पोजेटिभ देखिएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । उनीहरु झन्डै एक महिनाअघि लण्डनबाट फर्किएको बताइएको छ ।
सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीको ¥यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षाण गर्दा कोरोना पोजिटिभ देखिएको हो । अहिले उच्च सताकर्ता अपनाउन प्रहरी तैनाथ गरिएको छ। त्यस अपार्टमेन्ट बस्दै आएको करिब ४०० परिवार त्रासमा परेका छन् । त्यहाँ एक दर्जन बढी त बैंकरहरु मात्र बसोबास गर्दै आइरहेका छन् । लकडाउनमा पनि बैंक जाने आउने गरेका उनीहरु सबैको पनि परीक्षण गर्नुपर्ने स्थानीयबासीले बताइरहेका छन् । त्यस अपार्टमा आउजाउ गर्ने र शंकास्पदहरुको पनि परीक्षण हुनुपर्ने केहीले बताएका छन् ।
साथै सो अपार्टमेन्टसँग जोडिएका ३ बैंकका एटिएमहरुमा जानेहरुले सतर्कता अपाउन र शंका लागेमा परीक्षण गर्न सुझाव दिइएको छ । लेखक समेत रहेका सौरभ कार्कीले आफू पनि त्यहाँस्थित नबिल बैंकको एटिएम गएर आएको बताउँदै आफू लगायत त्यहाँ बस्ने सबैको कोरोना चेक गर्ने व्यवस्था गर्न माग गरेका छन् । उनले अर्थमन्त्री युवराज खतिवडा नै सो अपार्टमेन्टमा गएको भन्दै उनको पनि कोरोना टेस्ट हुनुपर्ने र स्थानीय बासी सबैको परीक्षण हुनुपर्ने बताएका छन् ।
‘नेपाल सरकार द्वारा गत चैत्र ५ गते सार्वजनिक समारोह नगर्न आदेश जारी गरे तापति चैत्र ८ गते सनसिटी अपार्टमेन्टभित्र नेपाल सरकारको आदेश विपरित करिब २८५ जनाको उपस्थितिमा आन्तरिक चुनाव सम्पन्न भएको रहेछ । जसमा हाल नेपाल सरकारका अर्थमन्त्री तथा प्रवक्ता समेत रहेका युवराज खतिवडा पुगेका रहेछन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘नियम उल्लंघन गरेबापत यिनलाई सअजाय हुन्छ कि हुदैन ? केही भन्दैछन् कि सो चुनावमा आज संक्रमण पत्ता लागेका कोरोना संक्रमित परिवार पनि सक्रिय सहभागी थिए ।’
कार्कीले अर्काे स्टाटसमा लेखेका छन्, ‘अर्थमन्त्री युवराज खतिवडा केही दिनअघि सनसिटी अगाडि आएका रहेछन । अर्थमन्त्री पनि जोखिममा भन्दैगर्दा काँडाघारी बासी चै के ? के तिनिहरुलाई चै जोखिम छैन ? त्यस बिल्डिङ्गमा तिनवटा एटिएम बुथ जोडिएका छन । अपार्टेमेन्ट अगाडि तरकारी पसलहरु छन जो बिहान को समयमा खुल्ने गर्छन् । अपार्टेमेन्टबाट पैदल ३० सेकेन्डको दुरीमा दुइवटा मेडिकल छन, जहाँ औषधि किन्न मानिसहरुको ओहोरदोहोर हुने गर्दछ ।
अर्थमन्त्री को चेकजाँच हुने अब हाम्रो चेकजाँच नहुने त होला ? कि के व्यवस्था छ सरकार ?
काँडाघारी बासी जो शंकास्पद छन उनिहरुको कोरोना चेक गर्नैपर्छ ।’