
दैलेख – दैलेखको आठबीस नगरपालिका-१, साततलामा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । ४ जनाको अवस्था गम्भीर रहेको नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले जानकारी दिनुभयो । नगरपालिकाको कार्यपालिका सदस्य गम्भिर सिंह विश्वकर्माको कर्णाली प्रदेश ०२००१ त ००५८ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर दुर्घटना हुँदा १० वर्षका नविन नेपाली, १२ वर्षका नवराज नेपाली, कुशुम नेपाली र जीवन नेपाली गम्भीर घाइते छन् ।
उनीहरुलाई साततला स्वास्थ्य चौकीमा उपचार गरेपछि एम्बुलेन्समार्फत सुर्खेत पठाउने तयारी भैरहेको नरपालिका प्रमुख उपाध्यायले बताउनुभयो । लकडाउन उल्लंघन गरी बालुवा बोकेर फर्कने क्रममा ट्याक्टर दुर्घटनामा परेको नगरपालिका १ का स्थानीय बासिन्दा छत्र थापाले बताउनुभयो ।
प्रकाशित मिति : २०७७ बैशाख १ गते सोमवार