पोखरा । र्यापिड टेस्टमा पोजेटिभ देखिएको बागलुङकी महिलाको रिपोर्ट नेगेटिभ आएको छ । र्यापिड टेस्टमा पोजेटिभ देखिएको रिपोर्टलाई पुनःपरिक्षण गर्दा नेगेटिभ आएको हो स्वास्थ निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोदविन्दु शर्माका अनुसार पुनःपरिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ । ‘एकदमै कन्फर्म हो,’ उनले भने, ‘पुनःपरिक्षणको लागि उहाँको स्वाब पोखरा ल्याइएको थियो । पुनःपरिक्षण गरेर हेर्दा उहाँको रिपोर्ट नेगेटिभ आएको छ ।’ बागलुङमा यसअघि नै दुई जनामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । उनीहरुको अहिले उपचार भई रहेको छ । संक्रमित भनिएकी महिला केही समय अघि तिर्थ यात्रामा गएर आएकी थिइन ।
प्रकाशित मिति : २०७७ बैशाख १ गते सोमवार