
१ वैशाख । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा रहेका तीन जनामा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । अहिले यस क्षेत्रलाई प्रहरीले आफ्नो निगरानीमा राख्दै आवश्यक क्षेत्रलाई सील गरेको छ । सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीको ¥यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षाण गर्दा कोरोना पोजिटिभ देखिएको सरकारी एक उच्च सुत्रले न्यूज २४ लाई जानकारी दिएको छ ।
अहिले काठमाडौं प्रहरी प्रबक्ता होविन्द्र बोगटी लगायतको टोलीले सो क्षेत्रको अवस्था अध्ययन गर्दै छ भने त्यस क्षेत्र सील गरिएको छ । प्रहरी स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ । उनीहरुको पीसीआर गर्नका लागि पठाइएको पाटन अस्पतालस्थित स्रोतले पनि पुष्टि गरेको छ ।
स्रोतका अनुसार उक्त परिवार गत चैत ५ गते लण्डनबाट फर्किएको थियो । अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डिङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ।