एक वर्षको तलब राहत कोषलाई दिने नारायणकाजी श्रेष्ठकाे घोषणा



काठमाडाैं, १ वैशाख । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक राहत कोषमा दिने घोषणा गर्नुभएकाे छ ।साेमबार बिहान ट्वीट गर्दै श्रेष्ठले एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा र बाँकी दश महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रीत आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गर्नुभएकाे हाे ।

‘हामी अहिले कोभिड-१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं। यसबेला एकतावद्ध भई आ-आफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी छ,’ उहाँले ट्वीटरमा लेख्नु भएकाे छ ‘यस स्थितिमा मैले राष्ट्रियसभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गर्दछु।’ अहिले हामीले काेराेना भाइरस र उत्पन्न संकटको सामना गरिरहेकाे र यसबेला एकताबद्ध भई आ-आफ्नो ठाँउबाट भुमिका खेल्नु जरुरी रहेकाे समेत उहाँले बताउनुभयाे ।

प्रकाशित मिति : २०७७ बैशाख १ गते सोमवार