गायक पशुपति शर्मा भन्छन् : छोरी आफ्नो लागि हो भने छोरा समाजलाई देखाउनको लागि हो



काठमाडौ । लोक गायक पशुपति शर्माले भर्खरै स्याङ्जामा भव्य घर निर्माण गरेका छन् । एक छोरा र एक छोरीको बुवा भएका पशुपति शर्माले छोरा छोरीको वारेमा आफ्नो धा’रणा व्यक्त गरेका छन् । पशुपति शर्माले क्यानाडा नेपालका लागि सन्तोष निरौलासंग कुराकानी गर्दै भने : “छोरा भन्दा छोरी आमा बुवाको लागि नजिक हुन्छन् ।छोरा र छोरीको लागि गित बनाउदै गरेका पशुपति शर्मालाई छोरी हुँ’दा झन् बढि खुशी भएको कुरा उल्लेख गर्दै भने : “एउटा छोरी भएपछी अर्को पनि छोरी नै हुँदा पनि हामी खुशी हुन्थ्यौ ।

छोरा नै चाहिने भन्ने थिएन र छोरा हुँदा हामी भन्दा बढि आमा बुवा देखि सासु ससुरा खुशी हुनुभएको पाए । खासमा छोरा भन्दा छोरीहरुले आमा बुवालाई बढी माया गरेको पाएको छु । मेरो आमा बुवालाई नै हल्का बिरामी हुँदा म भन्दा पहिला दिदी बहिनी पुगिसकेका हुन्छन ।”म सधै भन्ने गरेको छु कि छोरी भनेको आफ्नो लागि हो भने छोरा भनेको समाज परिवारलाई देखाउनको लागि हो । ल है छोरा जन्मियो भनेर समाजलाई भन्दा परिवार देखि समाज खुशी र गर्व हुन्छन् तर छोरी भनेको सधै आफ्नो नजिक हुन्छन। वंश धान्न छोरा चाहिने हो तर आमा बुवाको माया भने छोरीले गर्छन ।

प्रकाशित मिति : २०७६ पुष ४ गते शुक्रवार