
. इमानदार बन्दा धेरै साथी बनाउन सकिँदैन तर जति बन्छन सही साथी मात्र बन्छन ।
. जब म पाँच वर्षको थिए, मेरो आमाले मलाई सधै भन्ने गर्नुहुन्थ्यो कि खुसी नै जीवनको साँचो हो । जब म विद्यालय गए, उनीहरुले मलाई ठूलो भएपछी के बन्न चाहन्छौं भनेर सोधे, मैले मात्र एक शब्द लेखे- ‘खुसी’ । उनीहरुले भने तिमीले प्रश्न नै बुझेनौ, मैले भने तपाईले जिन्दगि नै बुझ्नु भएन ।
. अन्त्यमा सबै राम्रो हुनेछ । यदि राम्रो भएन भने बुझ्नुस त्यो अन्त्य होइन ।
. जुन समय तिमि आनन्दमा विताएका हुन्छौ त्यो समय खेर गएको समय होइन ।
. तिम्रो उमेर कति साथी बनाउन सक्यौ त्यो अनुसार गन्ने गर्नु, वर्षमा होइन । अनि आफ्नो जिन्दगि, तिमि कति मुस्कुरायौ त्यो अनुसार गन्ने गर्नु, कति अशु झर्यौ त्यो अनुसार होइन ।
. जब तिमि कुनै असल र माहान कार्य गर्दछौ र पनि कसैले थाहा पाउदैनन भने पनि दुखी नबन । हेर त, सूर्योदय सबै भन्दा सुन्दर हुन्छ तर पनि अधिकांश हेर्ने मानिसहरु सुतिरहेका हुन्छन् ।
. एउटा गल्ति तबमात्र गल्ति बन्छ यदि तिमीले त्यसलाई सच्याउदैनौ भने ।
. तिमीले अरु योजना बनाउन व्यस्त रहदा घटेका घटनाहरु नै जिन्दगि हो ।
. तिमि को हौ र के हौ भन्ने कुरा दोस्रोले भनिरहनु आवश्यक छैन, तिमि जो हौ त्यो हौ ।
. यो कुराले मतलब राख्दैन कि तिमीले कसलाई माया गर्छौं, कहाँ माया गर्छौं, किन माया गर्छौं, कहिले माया गर्छौं वा कसरी माया गर्छौं… मतलब राख्छ त ‘तिमीले वस् माया गर्छौं ।’
. हामीले सबैलाई सहयोग गर्न सक्दैनौ तर सबैले कसै न कसैलाई सहयोग अवश्य गर्न सक्छन ।
. हामी त्यो समाजमा छौ जहाँ माया गर्नको लागि एकान्त ठाउ चाहिन्छ तर हिंशा भने खुल्लम खुल्ला उज्यालोमा भइरहेको हुन्छ ।
. जुन कुरा तिमीले बुझ्न सक्दौनौ, तिम्रो सापेक्षममा छैन त्यसलाई घृणा गर्ने नगर ।
. सबैथोक प्रष्ट हुन्छ जब तिमि प्रेममा हुन्छौ ।