पूर्वराजा ज्ञानेन्द्रले घोषणा गरेको २ करोड कोरोना उपचार कोषमा जम्मा



३० चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले घोषणा गरेको २ करोड रुपैयाँ सहयोग हिमानी कोषले सरकारी राहत कोषमा उपलब्ध गराएको छ । कोषका अधिकारीहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंलाई रकम उपलब्ध गराएका हुन् । पूर्वराजा ज्ञानेन्द्रले केही दिन पहिला कोरोना उपचार कोषमा २ करोड सहयोग गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०७६ चैत्र ३० गते आइतवार