तपाईका लागि कति शुभ छ २०७७ साल ? हेर्नुहोस् वार्षिक राशिफल



मेष राशि – मेष राशि हुनेहरूको लागि यो वर्ष विगतको तुलनामा तसै अनुकूल सावित हुनेछ । महादशा आदिमा अनुकूल तथा कारक दशाको पालो चल्नेहरुलाई विशेष अभिष्ट सिद्धि एवं दिग्विजय प्राप्ति हुनेछ । ग्रहोपचारको उपाय पनि गरेको खण्डमा वेरोजगारीहरुलाई रोजगारी मिल्ने छ भने जागिरेको पदोन्नति हुने सम्भावना छ ।

वृष राशि – वृष राशि हुनेहरूको लागि यो वर्ष सुधारा हुँदै जाने देखिएको छ । रपनि वर्षको मध्यसम्म अड्चन एवं संघर्षको सामना गर्नपर्ने देखिन्छ । परिश्रमबाट गरिने कामहरुमा सफलता मिल्ने छ । कर्मयोगीहरुलाई आकस्मिक लाभ मिल्ने छ । वर्षको मध्यपछि थप शुभ लक्षणहरू देखिने छन् । जागिर, व्यवसाय, उद्यम आदिमा सफलता बढ्ने छ ।

मिथुन राशि – मिथुन राशिको लागि यो वर्षको पहिलो खण्ड संघर्ष एवं कष्टको बाबजुत उपलब्धिकर रहने छ । रपनि निकै सावधानी अप्नाएर चल्नुपर्ने जरुरी भने देखिन्छ । केहीहद्सम्म व्यापार व्यवसायादिमा प्रगति हुनेछ । गोचरमा कुनै कुनै ग्रहको अवरोधसमेत रहेकोले सोको भने ग्रह उपाचरको उपाय अवलम्बन गरी अघि बढेको खण्डमा अपेक्षित कार्यमा सफलता पाउन सहज हुनेछ।

कर्कट राशि – कर्कट राशि हुनेहरूको लागि यो वर्षको पूर्वार्ध अल्लि बढी संघर्षकर महसूस हुने देखिएको छ । कतिपय महत्त्वपूर्ण कामकार्यहरुमा रोकावट आउने छ भने व्यवसाय, पेशा एवं उद्यम तथा कर्मक्षेत्रबाट अल्पलाभ र उपलब्धिले चित्त बुझाउनु पर्नेछ । दाम्पत्य सम्बन्धमा कष्ट एवं शंकाआशंका उब्जनसक्ने सम्भावना छ । कपटप्रेम तथा विवाह आदिमा कुटिल चालको षड्यन्त्रमा परिनसक्ने भय छ ख्याल गर्नुहोला ।

सिंह राशि – सिंह राशिका व्यक्तिहरुको लागि यो वर्ष केही पक्षमा फापकर देखिएको छ । वर्षको पूर्वार्धमा केही संघर्षको बाबजुत शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । पुरुषार्थपूर्वक केही कामहरु सम्पन्न गर्नसकिने छ । उद्योग व्यापार एवं व्यवसाय फस्टाउने छ भने नोकरीमा पदोन्नति हुनेछ । रोजगारीको पर्खाईमा बसेकाहरुलाई जागिर मिल्ने छ । लाभकर क्षेत्रमा लगानीको अवसर मिल्ने छ।

कन्या राशि – यो वर्ष विगतको तुलनामा अनुकूलताको मात्रा बढेको छ । तर पूर्णरुपमा ग्रहगोचरको स्थिति फापकर अवस्थामा रहने देखिँदैन । केही हद्सम्म पारिवारिक व्यवस्थामा सुधार आउने छ । रपनि समझदारीको प्रयत्न पनि जारी नै राख्नुपर्ने छ । वर्षको पूवखण्डमा साथसंगति व्यवहारमा चनाखो हुन जरुरी नै पर्ने देखिन्छ ।

तुला राशि – तुला राशि हुनेहरुको लागि यो नयाँ वर्ष २०७७ अप्रत्यासित परिणाम दिने खालको रहेको छ । धेरै आशा अपेक्षा, ईच्छा तथा आसक्ति गरेको काम भने प्रभावित हुनेछ । तसर्थ निस्कामयोग सिद्धान्तलाई आत्मसात गर्दै लाभ एवं उपलब्धिको चाहना गर्नुभन्दा पनि गुणदोषको मान्यताभन्दा माथि उठेर आफ्नो कर्तव्यको पालना गर्ने निष्ठा बनाउनु पर्ला ।

वृश्चिक राशि – वृश्चिक राशि हुनेहरुको लागि यो वर्ष अनुकूल देखिएको छ । समय एवं अवसरको सदुपयोग गर्नेहरुले थातिरहेका कामहरू पूरा गर्न सकिने छ भने नयाँ र दीर्घकालिन कार्यको थालनी हुनसक्ने छ । मान ईज्जत तथा प्रतिष्ठाको विकास हुनेछ भने कमजोर भएको सम्बन्ध सप्रिने छ।

धनु राशि – धनु राशिको लागि यस वर्ष त्यति सहज देखिएको छैन । रपनि अलमल एवं केही संघर्षको बाबजुत वर्षको शुरुमा तसै उपलब्धिमूलक रहने छ । शुरुका दिनमा फजुलको यात्रा पनि अल्लि बढी नै हुने सम्भावना देखिन्छ । विद्वतता एवं आत्मप्रसंशाको मनोविज्ञानले डेरा जमाउनाले कतैकतै मुल्याङ्कनमा गिरावट आउनस पनि सक्ने छ ।

मकर राशि – मकर राशिको लागि यो वर्ष खासै अनुकूल देखिएको छैन । तरपनि त्याग, दान, तीर्थव्रत, परोपकार, निस्काम कर्मयोगको लागि अनुकूल रहने छ । जश तथा सम्मान पाउने आशा अपेक्षा राख्नुभन्दा सोभन्दा माथि उठेर स्वधर्मको पालना गर्दै कर्तव्र्य निर्वाह गर्नु उचित हुनेछ।

कुम्भ राशि – कुम्भ राशि हुनेहरूको लागि यो वर्षका शुरुका तीनचार महिना केही पक्षमा अनुकूल देखिएको छ । र पनि जनव्यवहार एवं कार्यक्षेत्रमा निकै सावधानी अप्नाउनु पर्ने गोचरग्रहको अवस्था देखिएको छ । व्यापार व्यवसाय, उद्यम, पेशाकर्म आदिबाट केहीदह्सम्म लाभ गर्न सकिने छ। घरपरिवारमा विवाह व्रतबन्धादि माङ्गलिक कार्यको संपादन गर्ने अवरस मिल्नेछ ।

मीन राशि – मीन राशि हुनेहरुको लागि यो वर्ष मिश्रित रहने छ । वर्षको शुरुमा उपलब्धिको साथसाथमा तनाब आक्रोश र खतिक्षति पनि हुनसक्ने देखिएको छ । मालसमान हराउनसक्ने संभावना पनि देखिएको छ ख्याल गर्नुहोला । असार साउनतिर कर्मक्षेत्रमा अप्रत्यक्ष रोकावट एवं आर्थिक मन्दिको सामना गर्नुपर्ने छ ।

प्रकाशित मिति : २०७६ चैत्र ३० गते आइतवार