विमानस्थलमा पक्राउ परेका व्यक्तिलाई शौच गराउँदा एक किलो सुन निस्किएपछि…



विमानस्थलमा पक्राउ परेका व्यक्तिलाई शौच गराउँदा एक किलो सुन निस्किएपछि…

५ भदौ, काठमाडौं । प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय राहदानी नम्बर भी११२२८९० वाहक ३१ वर्षका राहुल रेमानान छन् ।

उनलाई विमानस्थल सुरक्षा कार्यालयले शनिबार आगमन गेटबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ । उनी फ्लाई दुबईको उडानबाट दुबईबाट काठमाडौं आएका थिए ।

राहुलको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गर्दा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएको थियो । त्यसक्रममा प्रहरी वृत्त गौशालामा लगेर शौच गराउँदा मलद्वाराबाट बेलनाकारको सुनको चार वटा पोका फेला परेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ५ गते आइतवार