फेरी किन आयो अमेरिकी वायु सेनाको जहाज काठमाडौंमा !



अमेरिकी वायु सेनाको जहाज काठमाडौंमा अवतरण !

काठमाडौँ । अमेरिकी वायु सेनाको जहाज काठमाडौंमा अवतरण भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले अमेरिकी वायु सेनाको जहाज आएको नेपालपत्रलाई जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएका एक ड्युटी अफिसरका अनुसार अमेरिकी वायु सेनाको विमान आज बिहान ९.४७ बजे विमानस्थलमा अवतरण भएको नेपालपत्रलाई बताए । उनले उक्त जहाज थाइल्याण्डबाट आएको पनि जानकारी दिए ।

विमानस्थलका ती ड्युटी अफिसरका अनुसार उक्त जहाज भोलि सवा ११ बजे भारतको कोलकाता फिर्ता जाने समेत बताए । अमेरिकी वायु सेनाको टोली युएस एअरफोर्सको सी १३० उडानमार्फत काठमाडौँ आएको हो । टोलीमा शिक्षार्थी ६ जना र चालक दलका १० जना रहेका छन् ।

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त रुपमा सञ्चालन गर्न लागिएको ब्यालेन्स नेल २२–५५३० तालिममा सहभागी हुन अमेरिकी वायु सेनाको टोली नेपाल आएको बताइएको छ ।

प्रकाशित मिति : २०७९ साउन ३० गते सोमवार